नेपाल र मलेसियाबीच आज मैत्रीपूर्ण फुटबल हुँदै

२०८० चैत २ शुक्रबार

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज मलेसियासँग उतैको मैदानमा मैत्रीपूर्ण फुटबल खेल्दैछ । नेपालले सन् २०२६ को विश्वकप छनोट खेलको तयारीका लागि मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो । मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली टोली बुधवार नै मलेसिया गइसकेको छ ।

 

नेपाली टोली मलेसियासँग मैत्रीपूर्ण खेल र केही अभ्यास खेलेपछि विश्वकप छनोट खेल्न बहराइन जाने एन्फाले जनाएको छ । नेपालले विश्वकप छनोट अन्तर्गत बहराइनसँगको दुवै खेल बहराइनमै खेल्नेछ ।

 

त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसार खेल्न योग्य नभएकोले नेपालले 'होम' र 'अबे' दुवै खेल बहराइनमा खेल्न लागेको एन्फाले जनाएको छ । नेपालले बहराइनसँग पहिलो खेल चैत ८ गते र दोस्रो खेल चैत १३ गते खेल्नेछ ।

 

विश्वकप छनोटअन्तर्गत एसियाको समूह ‘एच’ मा रहेको नेपालले यसअघिका दुई खेलमा हार व्यहोरेको छ । नेपाल पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) सँग ४–शून्य र दोस्रो खेलमा यमनसँग २–शून्य गोलले पराजित भएको थियो ।

प्रतिकृया दिनुहोस

आईपीएल क्रिकेटमा आज दिल्ली र मुम्बई तथा लखनउ र राजस्थान खेल्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स खेल्दैछन् ।   यो खेल

आईपीएल क्रिकेटमा आज चेन्नई र लखनउ खेल्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज चेन्नई सुपर किङ्ग्स र लखनउ सुपर जाइन्ट्स खेल्दैछन् । खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजेदेखि चेन्नईमा

नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

नेपाल ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को सेमिफाइनलमा पुगेको छ ।   सोमबार समूह ए को अर्को खेलमा कतारले मलेसियालाई ४ विकेटले हराएसँगै नेपालको