बैंकहरूले घटाए ब्याजदर

२०८० फागुन ३० बुधबार

चैत महिनाका लागि पनि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार फागुनको तुलनामा चैत महिनामा व्यक्तिगत मुद्दतिको औसत ब्याजदर ०.५ प्रतिशत विन्दुले घटेको छ । फागुन महिनामा २० वटै वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दतीमा औसत ब्याजदर ७.७५ प्रतिशत रहेकोमा चैत महिनाका लागि भने ७.२५ मा झरेको छ ।

 

एनआईसी एसिया बैंकले भने फागुनको तुलनामा चैतमा व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर बढाएको छ । अनर्गल प्रचारका कारण सो बैंकबाट केही निक्षेप झिकिएपछि बैंकले तरलताको सहज व्यवस्थापन गर्न ब्याजदर बढाएको देखिन्छ । सो बैंकले चैतदेखि लागू गर्नेगरी व्यक्तिगत मुद्दतीमा दिने ब्याजदर सबैभन्दा धेरै ८..५४८ प्रतिशत छ ।

 

बैंकहरूले व्यक्तिगत मुद्दतीमा जति ब्याजदर तोकेका छन्, संस्थाहरुलाई त्यसको १ प्रतिशत विन्दु कम हुन्छ । प्रभु र ग्लोबल आईएमईले फागुनकै दरलाई निरन्तरता दिएका छन् भने बाँकी १७ बैंकले घटाएका छन् । बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जा प्रवाह न्यून भएसँगै बैंकहरुले ब्याजदर घटाउँदै लगेका छन् ।

 

माघ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर ९ दशमलव १५ प्रतिशतसम्म थियो । फागुनमा भने सोही प्रकृतिको निक्षेपमा अधिकतम ब्याजदर नै ८.५० प्रतिशतमा झरेको थियो । चैतका लागि एनआईसी एसियाबाहेक सबै बैंकको व्यक्तिगत मुद्दतीको ब्याजदर ७.७५ प्रतिशतभन्दा तल झरेको छ ।

 

बैंकहरुले गत साउनबाट निक्षेपको ब्याजदरमा गरेको भद्र सहमति खारेज भएपछि आफ्नो स्वच्छ प्रतिस्पर्धात्मक रुपमा तरलता आवश्यकता अनुसार ब्याजदर प्रकाशित गर्न थालेका हुन् । बढी अवधिको मुद्दति निक्षेपमा बढी र छोटो अवधिको मुद्दति निक्षेपमा कम ब्याजदर रहेको छ ।

 

बैंकहरूले व्यक्तिगत मुद्दतीमा तोकेको अधिकतम ब्याजदर 

 

बैंक फागुनको ब्याजदर चैतको ब्याजदर
कृषि विकास ६.४४३ ५.६६
एभरेष्ट ६.५
नेपाल ७.२५
लक्ष्मी सनराइज ७.५
माछापुच्छ्रे ७.७५
एनआईसी एसिया ८.५४८
प्रभु ७.५ ७.५
स्टान्डर्ड चार्टर्ड ७.३५
राष्ट्रिय वाणिज्य ७.३५
नबिल ७.७५ ७.२५
ग्लोबल आईएमई ७.६ ७.६
सिद्धार्थ ७.५
प्राइम कमर्सियल ७.४ ७.२५
कुमारी ८.०१ ७.५१
सानिमा ७.५१ ७.२५
हिमालयन ८.१५ ७.५
नेपाल एसबीआई ८.१ ७.०१
नेपाल इन्भेष्टमेन्ट
एनएमबी ८.५
सिटिजन्स ८.२५ ७.७५

 

प्रतिकृया दिनुहोस

७ सयले बढ्यो सुनको भाउ, तोलाको कति ?

सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले बढेको छ । हिजो तोलाको १ लाख २४ हजार ५ सयमा कारोबार भएको सुनको भाउ आज ७ सय रुपैयाँले बढेर १ लाख २५ हजार २ सय कायम भएको

४ सयले घट्यो सुनको भाउ, तोलाको कति ?

नेपाली बजारमा सुनको भाउ आज (शुक्रवार) तोलामा चार सय रुपैयाँले घटेको छ ।   हिजो प्रतितोला एक लाख २५ हजार आठ सय रुपैयाँ पुगेको सुनको भाउ आज तोलाको एक

सुनको भाउमा फेरि नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?

नेपाली बजारमा सुनको भाउले दिनदिनै नयाँ रेकर्ड बनाइरहेको छ । सुनको भाउ आज अहिलेसम्मकै उच्च भएको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज