त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट

२०८० माघ १५ सोमबार

त्रिभुवन विश्वविद्यालयले आजदेखि ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्याेग, प्रतिलिपि र करेक्सनलगायत सेवा अनलाइनबाट दिने भएको छ ।

 

अनलाइनबाट प्रक्रिया पुर्याएर आवेदन दिएका विद्यार्थीको आवश्यक कागजात अपुग भए अथवा अरु समस्या आए इमेल अथवा फोनमार्फत् विद्यार्थीलाई जानकारी दिइने र त्यसअनुसार फेरि आवेदन दिनुपर्ने विश्वविद्यालयले जनाएको छ ।

 

आवेदनअनुसार विद्यार्थीको प्रमाणपत्र सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमार्फत् वितरण गरिने र प्रमाणपत्र सङ्कलन गर्दा स्वयम् विद्यार्थी अथवा विद्यार्थीले इच्छाइएको व्यक्ति हुनुपर्ने विश्वविद्यालयको सूचनामा उल्लेख छ ।

 

परीक्षा समयमै नहुने, भएका परीक्षाको पनि मार्कसिट र अरु कागजात लिन विद्यार्थीले धेरै दुःख पाउनुपर्ने गुनासो बढेपछि त्रिविले अनलाइनबाट सेवा दिन लागेको हो । 

 

 

 

प्रतिकृया दिनुहोस

अझै पनि माया लाग्छ!

खोक्रा कागजका पन्नाहरूमा तिम्रो नाम कल्पेर केही समय बिताउने असफल प्रयासमा तल्लीन छु म आज। एक्कासी तिम्रो याद अमिट छाप बनेर मुटुको देब्रे पाटोमा घोच्न

म यस्तै हो!

एउटा मानिसले जन्म लिँदै गर्दा  यो संसार देख्ने चिच्याहटसँग बहाना बोकेर आएको हुन्छ।   उसको रूवाइ जति शक्तिशाली हुन्छ, त्यति नै भयंकर उसको झुट

बाबासँग डिभोर्स गरेर नयाँ जीवन सुरू गर्नुस् ममी!

मानवले फेसबुकमा पोष्ट गरेको हाम्रो फोटो र त्यसमा गरिएको लाइक, कमेन्ट हेरेर दंग पर्दैछु।   चार के लाइक र छ सय पचहत्तर कमेन्ट्स... पर्फेक्ट कपल, मेडफर