बच्चाहरूलाई अण्डा कहिले र कसरी खुवाउने ?

२०८० चैत ७ बुधबार

अण्डा प्रोटिनका साथै आवश्यक भिटामिन, खनिज र कोलेस्ट्रोलको भण्डार हो । अण्डाको सेवनले बालबालिकाको शारीरिक र मानसिक विकास राम्रो हुन्छ ।

 

तर बच्चाहरूले अण्डा कहिले र कसरी खाने भन्ने कुरामा अभिभावकहरू प्रायः अलमलमा हुन्छन् । कुन उमेरका साना बालबालिकालाई अण्डा खुवाउने र अण्डा खुवाउने विधि कस्तो हुनुपर्छ भन्नेबारे आजको लेखमा हामीले विज्ञको सुझाव उल्लेख गरिएको छ ।

 

भारतस्थित निमाया अस्पताल, सुरतका बाल रोग विशेषज्ञ डा पार्थ सोनीका अनुसार बच्चालाई सही समयमा अण्डा खुवाउनुपर्छ । उनले आफ्नो इन्स्टाग्राम पोस्ट मार्फत साना बच्चाहरूलाई कहिले र कसरी अण्डा खुवाउनु पर्छ भनेर बताएका छन् । डा पार्थका अनुसार ६ महिनाको उमेरपछि बालबालिकालाई अण्डा खुवाउन सकिन्छ ।

 

तर ध्यान दिनुपर्ने कुरा के छ भने अण्डा खुवाउनुअघि बच्चालाई सादा खाना खुवाउनुपर्छ । बच्चाहरूलाई अण्डा कसरी खुवाउने जब तपाईँ बच्चालाई अण्डा खुवाउन थाल्नुहुन्छ सबैभन्दा पहिले यसको पहेँलो भाग खुवाउनुहोस् । पहेँलो भागलाई लगातार तीन दिनसम्म खुवाएपछि बच्चालाई कुनै प्रकारको एलर्जी छ कि छैन जाँच गर्नुहोस् ।

 

केही बालबालिकामा छालामा दागहरू देखिने त केही अन्य लक्षणहरू देखिन सक्छन् । यदि बच्चालाई पहेँलो भाग खुवाउँदा कुनै लक्षण नदेखिएमा केही दिनपछि अण्डाको माथिल्लो सेतो भाग खुवाउन सक्नुहुन्छ ।

 

पहेँलो भागभन्दा सेतो भागमा बढी एलर्जी हुन्छ । त्यसैले यसलाई तीन–चार दिनसम्म लगातार खुवाउनुहोस् र कुनै पनि प्रकारको एलर्जीको लक्षण देखिएमा ध्यान दिनुहोस् ।



बालबालिकालाई अण्डा खुवाउँदा के फाइदा हुन्छ ?

 

सेतो भागमा अधिक प्रोटिन हुन्छ । त्यस्तै पहेँलो भाग कोलेस्ट्रोलको लागि चिनिन्छ । जसले गर्दा शरीरको समग्र वृद्धिको लागि आवश्यक पोषण हुन सक्छ । अण्डा मस्तिष्कको लागि धेरै लाभदायक मानिन्छ । बच्चाहरूलाई उमालेको अण्डा दिनु राम्रो हुन्छ ।

प्रतिकृया दिनुहोस

यस्ता छन् गर्मीमा दही खानुका फाइदा

दहीको प्रयोग खानपिन मात्रै हुँदैन, छालाको हेरचाहमा पनि यसको प्रयोग गरिन्छ ।    दहीमा हाम्रो शरीरलाई आवश्यक कयौँ पोषक तत्त्व र स्वस्थ

महिनावारीको दुखाइबाट कसरी छुटकारा पाउने ?

महिलाहरू किशोरावस्थामा प्रवेश भएदेखि गर्भधारण नभएसम्म हरेक महिना योनिबाट रगत बग्छ । यस्तो रगत दुईदेखि सात दिनसम्म बग्छ र आफैँ बन्द हुन्छ । महिनामा

ग्यास्ट्रिकबाट बच्ने घरेलु उपाय

ग्यास्ट्रिकलाई मेडिकल भाषामा ‘ग्यास्ट्राइटिस’ भनिन्छ । आमाशयको भित्रको भागमा सङ्क्रमण देखिएर छाला सुन्निने रोग नै ग्यास्ट्राइटिस हो ।