प्रतिनिधि सभाको बैठक १० दिन स्थगित
प्रतिनिधि सभाको बैठक १० दिनका लागि स्थगित भएको छ ।
आगामी आर्थिक वर्षको विनियोजन विधेयक, २०८१ को सिद्धान्त र प्राथमिकता माथिको छलफल सकिएपछि सभाको बैठक १० दिनका लागि स्थगित भएको हो ।
सभामुख घिमिरेका अनुसार सांसदहरूले उठाएका प्रश्नलाई एकीकृत गरेर सुझावका रुपमा संसद सचिवालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगमा पठाउने छ ।
संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सभामुख देवराज घिमिरेसहितको टोली बिहीबार अन्तरव्यवस्थापिका संघ (आईपीयू)काे कार्यक्रमका लागि जेनेभा प्रस्थान गर्दैछन् । टोलीमा सभामुखसहित ६ सांसद र ३ कर्मचारी सहभागी हुनेछन् ।
सचिवालयका महासचिव लगायतका कर्मचारीसमेत जेनेभा जाने भएकाले बैठक १८ गतेसम्मलाई स्थगित गरिएको हो । टोली १६ गते फर्किने छ ।
'स्टार्टअप' व्यवसाय गर्न सहुलियत कर्जा दिइने
सरकारले आउँदाे आर्थिक वर्ष एक हजार जना युवालाई 'स्टार्टअप' व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा दिने भएको छ । सरकारको आउँदाे आर्थिक वर्षको
सुदूरपश्चिम प्रदेश सभा सदस्य भण्डारीले लिए शपथ
१५ वैशाखमा भएको उपनिर्वाचनमा बझाङ-१ को (क) निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य दमन भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार
तीनवटा संसदीय समितिको बैठक बस्दै
आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ११ बजे कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ । बैठकमा केही नेपाल ऐनलाई संशोधन
प्रतिकृया दिनुहोस