नेसपाले माघमा महाधिवेशन गर्ने

२०८० चैत ६ मंगलबार

नेपाल समाजवादी पार्टी (नेसपा)ले आगामी माघमा महाधिवेशन गर्ने भएको छ । सोमबार बसेको पूर्ण बैठकले असोजमा विधान अधिवेशन  र माघमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

 

प्रवक्ता कृष्णप्रसाद शर्माका अनुसार पार्टीको महाधिवेशन प्रत्यक्ष निर्वाचन प्रणालीद्वारा गरिने छ ।

 

साथै डा. बाबुराम भट्टराई नेतृत्वमा राष्ट्रिय महाधिवेशन आयोजक समिति बनाएको छ भने पार्टीको प्रदेश र स्थानीय समितिलाई अधिवेशन आयोजक समितिमा रुपान्तरण गरिएको छ ।

 

महाधिवेशन अगाडि २०८१ वैशाखदेखि भदौसम्म पार्टी निर्माण र संगठन विस्तार अभियमान सञ्चालन गर्ने निर्णय समेत भएको छ । कात्तिकदेखि पुरसम्म स्थानीय तह र प्रदेशको अधिवेशन गर्ने समेत नेसपाको निर्णय छ ।

 

बैठकले माओवादी केन्द्रसँग एकताको सहमति गर्ने अर्का अध्यक्ष महेन्द्र  राय यादव सहितका नेताहरुलाई पदमुक्त गर्ने निर्णय गरेको छ । साथै पार्टी एकता ध्रुवीकरण संयोजन समिति समेत भंग गरिएको प्रवक्ता शर्माले बताएका छन् ।

प्रतिकृया दिनुहोस

'स्टार्टअप' व्यवसाय गर्न सहुलियत कर्जा दिइने

सरकारले आउँदाे आर्थिक वर्ष एक हजार जना युवालाई 'स्टार्टअप' व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा दिने भएको छ ।   सरकारको आउँदाे आर्थिक वर्षको

सुदूरपश्चिम प्रदेश सभा सदस्य भण्डारीले लिए शपथ

 १५ वैशाखमा भएको उपनिर्वाचनमा बझाङ-१ को (क) निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य दमन भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।   बिहीबार

तीनवटा संसदीय समितिको बैठक बस्दै

आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ ।   जसअनुसार बिहान ११ बजे कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ । बैठकमा केही नेपाल ऐनलाई संशोधन