गर्भावस्थामा के खाने, के नखाने ?

२०८० चैत ५ सोमबार

गर्भावस्था भन्नाले स्त्री जातिको पाठेघर वा गर्भाशयमा एक वा एक भन्दा बढि सन्तान भ्रुणको रूपको रहेको अवस्थालाई जनाउँछ। सामान्यतया यो अवस्था ९ महिनासम्म रहन्छ। धेरैजसो महिलाले अरू वेलाभन्दा बढी क्यालोरीयुक्त खानेकुरा खानुपर्छ । माछा, मासु, अन्डा, बदाम तथा गेडागुडीजस्ता प्रोटिनयुक्त खानेकुरा खानुपर्छ । साथै, दूध, दहीजस्ता क्याल्सियमयुक्त परिकारसमेत पर्याप्त मात्रामा सेवन गर्न आवश्यक हुन्छ ।

 

– कार्बोहाइड्रेटयुक्त खाद्यान्न तथा आवश्यक मात्रामा चिल्लो खानेकुरा खान आवश्यक हुन्छ । घिउजन्य वस्तुले तौल बढाउन सक्ने भएकाले थोरै तर नियमित सेवन गर्नुपर्छ । घिउजन्य पदार्थबाट अन्य खानेकुराभन्दा बढी क्यालोरी प्राप्त हुन्छ, जुन गर्भवतीका लागि खाना आवश्यक छ ।

 

– सफा, स्वच्छ र ताजा खानेकुरा खानुपर्छ । यस्तो अवस्थामा अझ प्रशस्त मात्रामा झोलिलो पदार्थ खाने । गर्भवतीले प्रशस्त मात्रामा मौसमी फलफूल तथा तरकारी खानुपर्छ । सम्पूर्ण खानेकुराको कम्तीमा पनि पाँच भागको एक भाग फलफूल वा तरकारी हुन आवश्यक छ । यसैगरी, गर्भवती महिलाले प्रशस्त मात्रामा पानी पिउनुपर्छ, जसले आमा र बच्चाको शरीरमा अक्सिजनको मात्रा सन्तुलन गर्दछ ।

 

– गर्भवतीले आवश्यक मात्रामा मौसमी फलफूल खानुपर्दछ । जुनसुकै खानेकुरा पनि पखालेर वा राम्ररी सफा गरेर मात्रै खानुपर्छ । यदि स्वस्थ खानेकुरा सेवन गर्ने हो भने अतिरिक्त भिटामिन लिनुपर्दैन ।

 

– गर्भावस्थामा कतिपय खानेकुरा खानुहुँदैन । यस्ता खानेकुराले हानि पनि गर्न सक्छ । यस्तो वेला चिकित्सकको सल्लाहअनुसार सीमित औषधि सेवन गर्नुपर्छ । आफैँले जथाभावी औषधि खाए गर्भमा रहेको भ्रूणमा नकारात्मक असर पनि पुग्न सक्छ ।

 

– यो अवस्थामा सजिलै ब्याक्टेरियाले आक्रमण गर्न सक्ने भएकाले बजारमा राखिएका खानेकुरा खानुहुँदैन । फास्टफुड र ड्राइफुड सकेसम्म नखाने । अल्कोहलजन्य पेयपदार्थ, चुरोट र सुर्तीजन्य वस्तुको सेवनले बच्चालाई हानि गर्दछ । यसबाहेक काँचो मासु र काँचो अन्डा पनि हानिकारक छ ।

 

गर्भावस्थामा के गर्ने ? :आइरनयुक्त खानेकुराहरु खाने, नियमित कसरत गर्नुहोस्, सकारात्मक सोच राख्नुहोस्, एक स्वस्थ समय तालिका बनाउनुहोस्, नियमित चेकअप लिनुहोस्,

 

ध्यान दिनुपर्ने कुरा

 

- गह्रौँ, भारी हुने काम गर्नुहुँदैन ।


- पर्याप्त आराम गर्ने ।


- लामो यात्रा नगर्ने ।


- सरसफाइमा ध्यान दिने ।


- फोलिक एडिस, आइरन चक्की, क्याल्सियम चिकित्सकको परामर्शअनुसार सेवन गर्ने ।


- नियमित स्वास्थ्य जाँच गर्ने ।


- समस्या देखिइहालेमा चिकित्सकसँग सम्पर्क गर्ने ।

प्रतिकृया दिनुहोस

यस्ता छन् गर्मीमा दही खानुका फाइदा

दहीको प्रयोग खानपिन मात्रै हुँदैन, छालाको हेरचाहमा पनि यसको प्रयोग गरिन्छ ।    दहीमा हाम्रो शरीरलाई आवश्यक कयौँ पोषक तत्त्व र स्वस्थ

महिनावारीको दुखाइबाट कसरी छुटकारा पाउने ?

महिलाहरू किशोरावस्थामा प्रवेश भएदेखि गर्भधारण नभएसम्म हरेक महिना योनिबाट रगत बग्छ । यस्तो रगत दुईदेखि सात दिनसम्म बग्छ र आफैँ बन्द हुन्छ । महिनामा

ग्यास्ट्रिकबाट बच्ने घरेलु उपाय

ग्यास्ट्रिकलाई मेडिकल भाषामा ‘ग्यास्ट्राइटिस’ भनिन्छ । आमाशयको भित्रको भागमा सङ्क्रमण देखिएर छाला सुन्निने रोग नै ग्यास्ट्राइटिस हो ।