नेसपाले खारेज गर्‍यो माओवादीसँग गरेको एकता घोषणा

२०८० चैत ४ आइतबार

नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले माओवादी केन्द्रसँगको पार्टी एकता खारेज गरेको छ ।

 

आइतबार अध्यक्ष बाबुराम भट्टराईको अध्यक्षतामा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अर्का अध्यक्ष महिन्द्रराय यादव पक्षले शनिबार माओवादी केन्द्रसँग गरेको एकता खारेज गर्ने निर्णय गरेको हो ।

 

केही साथीले माओवादीसँग एकता गरेको भनेर निकालेको विज्ञप्ति पार्टीको निर्णय अनुसार होइन । हाम्रो पार्टीको एकता संयोजन समितिको संयोजकको पनि उपस्थिति छैन । त्यसैले स्वतः खारेजभागी छ’, केन्द्रीय कार्यकारिणी समिति सदस्य कृष्ण शर्माले भने, ‘पार्टी विधि पद्धति, संगठनको अनुशासन तोडेर रातारात सत्ता समीकरणको खेलमा अमूक स्वार्थ पूरा गर्ने ध्येयले सिंगो पार्टी सदस्यलाई भ्रमित पारियो ।’

 

उनले सोमबार बस्ने बैठकमा सहभागी नहुने केन्द्रीय सदस्यलाई पदमुक्त गरिने जानकारी समेत दिए ।

 

शर्माका अनुसार नेसपाको विधानमा केन्द्रीय कार्यकारिणीमा ३५ जनाको व्यवस्था भए पनि हाल २९ जना रहेकाछन् । त्यसमध्ये आइतबारको बैठकमा २० जना सहभागी थिए ।

 

प्रतिकृया दिनुहोस

'स्टार्टअप' व्यवसाय गर्न सहुलियत कर्जा दिइने

सरकारले आउँदाे आर्थिक वर्ष एक हजार जना युवालाई 'स्टार्टअप' व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा दिने भएको छ ।   सरकारको आउँदाे आर्थिक वर्षको

सुदूरपश्चिम प्रदेश सभा सदस्य भण्डारीले लिए शपथ

 १५ वैशाखमा भएको उपनिर्वाचनमा बझाङ-१ को (क) निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य दमन भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।   बिहीबार

तीनवटा संसदीय समितिको बैठक बस्दै

आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ ।   जसअनुसार बिहान ११ बजे कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ । बैठकमा केही नेपाल ऐनलाई संशोधन