मस्तिष्कघात के हो ? यसबाट कसरी बच्ने ?

२०८० चैत ३ शनिबार

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई प्यारालाइसिस अर्थात् पक्षघात गराउँछ ।


कारण


-उच्च रक्तचाप


– मधुमेह


– मुटु रोग


– धुम्रपान, मद्यपान सेवन


– असन्तुलित खानपान


– मोटोपन


यी कारणले विशेषगरी वृद्धवृद्धाहरूमा मस्तिष्कघात हुने सम्भावना उच्च रहन्छ । तर, पछिल्लो समय युवापुस्तामा पनि मस्तिष्कघात हुने गरेको पाइन्छ । युवापुस्तामा असन्तुलित खानपान र आलस्यताका कारण स्ट्रोकको समस्या बढ्दै गएको छ ।

 

मस्तिष्कघातलाई कसरी चिन्ने ?


खुट्टा लुलो हुने, नशामा समस्या आउने,आँखा झ्याप्प बन्द हुने, अँध्यारो देखिने या त दुईवटा देखिने, अनुहार बाङ्गिने, पाखुरा लुलो हुने, अचानक एकातिर मुख बाङ्गिने, बोली लर्बराउने जस्ता लक्षण देखियो भने यसलाई मस्तिष्कघात भनेर बुझ्नुपर्छ । यस्तो अवस्थामा जति सक्दो छिटो अस्पताल लगिहाल्नुपर्छ । यदि तीन घन्टाभित्र अस्पताल पुर्याउन सकियो भने बिरामीलाई पूर्ण रूपमा ठीक पार्न सकिन्छ । तर, अस्पताल जाँदा कुन अस्पताल जाने भन्ने कुराको छिटो निर्णय गर्नुपर्छ । किनभने सबै अस्पतालमा यसको उपचार सम्भव छैन ।

 

मस्तिष्कघातको उपचार


पक्षघातको उपचार सामान्य छ । यसको उपचार भनेकै बन्द भएको नशालाई खोल्ने हो । जुन दुई तरिकाबाट खोल्न सकिन्छ । पहिलो तरिका मस्तिष्कघातको लक्षण देखिएको ३ घन्टाभित्र बिरामी अस्पताल आइपुगेको खण्डमा रगत गाल्ने औषधि नशाबाट दिइन्छ । यदि ढिलो भयो भने तार हालेर जमेको रगत निकालेर रक्तसञ्चार सुचारु गराइन्छ ।

 

मस्तिष्कघातबाट बच्ने उपाय:


– धुम्रपान, मद्यपान नगर्ने


– तनाव नलिने


– मधुमेह र उच्च रक्तचापका बिरामीले नियमित औषधि सेवन गर्ने


– व्यायाम गर्ने


– चिल्लो खानेकुरा नखाने ।

प्रतिकृया दिनुहोस

यस्ता छन् गर्मीमा दही खानुका फाइदा

दहीको प्रयोग खानपिन मात्रै हुँदैन, छालाको हेरचाहमा पनि यसको प्रयोग गरिन्छ ।    दहीमा हाम्रो शरीरलाई आवश्यक कयौँ पोषक तत्त्व र स्वस्थ

महिनावारीको दुखाइबाट कसरी छुटकारा पाउने ?

महिलाहरू किशोरावस्थामा प्रवेश भएदेखि गर्भधारण नभएसम्म हरेक महिना योनिबाट रगत बग्छ । यस्तो रगत दुईदेखि सात दिनसम्म बग्छ र आफैँ बन्द हुन्छ । महिनामा

ग्यास्ट्रिकबाट बच्ने घरेलु उपाय

ग्यास्ट्रिकलाई मेडिकल भाषामा ‘ग्यास्ट्राइटिस’ भनिन्छ । आमाशयको भित्रको भागमा सङ्क्रमण देखिएर छाला सुन्निने रोग नै ग्यास्ट्राइटिस हो ।