एन्टिबायोटिक किन धेरै प्रयोग गर्नु हुँदैन?
औषधि पसलमा एन्टिबायोटिक किन्नेको लाइन नै हुन्छ।
चिकित्सकको सिफारिस बिना एन्टिबायोटिक औषधि प्रयोग गर्न नपाइने कानुनी व्यवस्था छ।
तर, अधिकांश मानिसहरुले प्रेस्क्रिप्सन बिना सहजै मेडिकलबाट एन्टिबायोटिक किनेर लेराइरहेका हुन्छन्। नेपालमा एन्टिबायोटिकको जथाभावि बिक्री र प्रयोग हुँदै आएको चिकित्सकहरु बताउँछन्।
एन्टिबायोटिकको गलत प्रयोगले जनस्वास्थ्यमा ठूलो असर पार्ने विश्व स्वास्थ्य सङ्गठनले बताएकाे छ।
एन्टिबायोटिक प्रतिरोधका कारण
विश्व स्वास्थ्य सङ्गठनकाअनुसार एन्टिबायोटिक प्रतिरोध (रेसिस्टेन्स) का कारणहरु चिकित्सक तथा स्वास्थ्यकर्मीले आवश्यकताभन्दा बढी एन्टिबायोटिक सिफारिस (प्रिस्क्राइव) गर्नु एक रहेको छ।
यससँगै बिरामीले उपचार बीचैमा छाड्नु, आवश्यकताभन्दा बढी एन्टिबायोटिक प्रयोग गर्नु रहेको छ। सरसफाइ तथा स्वच्छताको अभाव हुनु, नयाँ एन्टिबायोटिक उत्पादन नहुनु त्यसको कारण रहेको छ।
स्वास्थ्यकर्मीले आर्थिक प्रलोभनमा परेर आवश्यकताभन्दा बढी औषधि सिफारिस गर्नु पनि एन्टिबायोटिक प्रतिरोधको कारण हो।
एन्टिबायोटिक उपचार निर्देशिका नहुनु अर्को मुख्य कारण रहेको छ।
एन्टिबायोटिकको प्रयोगबारे सरकारी निकायबाट अध्ययन र अनुसन्धान पनि भएको छैन।
नेपालमा एन्टिबायोटिकले निम्त्याएको समस्या कुन रुपमा बढिरहेको छ भन्ने तथ्याङ्क समेत छैन। यो पनि एन्टिबायोटिक प्रतिरोधको एक कारण हो।
प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा
आधिकारिक स्वास्थ्यकर्मीको सिफारिस (प्रेस्क्रिप्सन) मा मात्र एन्टिबायोटिकको प्रयोग गर्नुपर्छ। स्वास्थ्यकर्मीसँग अनावश्यक एन्टिबायोटिक माग गर्नु हुँदैन।
यससँगै नियमित हात धुने, स्वस्थ खानेकुरा खाने, अनावश्यक रुपमा बिरामीको सम्पर्कमा नजाने र खोप नियमित लगाउनु पर्छ।
स्वास्थ्यकर्मीले ध्यान दिनुपर्नेः
स्वास्थ्यकर्मीहरुले पनि सावधानीपूर्वक हात, उपकरण तथा वातावरण सफा राख्नुपर्छ। आवश्यक बिरामीलाई मात्र एन्टिबायोटिक ‘प्रिस्क्राइव’ तथा वितरण गर्नुपर्छ।
बिरामीलाई एन्टिबायोटिक सही तरिकाले प्रयोग गर्न सिकाउने तथा एन्टिबायोटिक प्रतिरोध (रेसिस्टेन्स) को बारेमा बताउनुपर्छ।
जिवाणु प्रतिरोधी सङ्क्रमणको बारेमा निगरानी गर्ने टिमलाई जानकारी गराउनुपर्छ। यससँगै बिरामीलाई सङ्क्रमण रोकथामको लागि बताउनुपर्छ।
यस्ता छन् गर्मीमा दही खानुका फाइदा
दहीको प्रयोग खानपिन मात्रै हुँदैन, छालाको हेरचाहमा पनि यसको प्रयोग गरिन्छ । दहीमा हाम्रो शरीरलाई आवश्यक कयौँ पोषक तत्त्व र स्वस्थ
महिनावारीको दुखाइबाट कसरी छुटकारा पाउने ?
महिलाहरू किशोरावस्थामा प्रवेश भएदेखि गर्भधारण नभएसम्म हरेक महिना योनिबाट रगत बग्छ । यस्तो रगत दुईदेखि सात दिनसम्म बग्छ र आफैँ बन्द हुन्छ । महिनामा
ग्यास्ट्रिकबाट बच्ने घरेलु उपाय
ग्यास्ट्रिकलाई मेडिकल भाषामा ‘ग्यास्ट्राइटिस’ भनिन्छ । आमाशयको भित्रको भागमा सङ्क्रमण देखिएर छाला सुन्निने रोग नै ग्यास्ट्राइटिस हो ।
प्रतिकृया दिनुहोस