राष्ट्रिय सभा उपाध्यक्षका लागि कांग्रेस र एमालेको उम्मेदवारी

२०८० चैत २७ मंगलबार

राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि नेपाली कांग्रेस र नेकपा एमालेको उम्मेदवारी परेको छ ।

 

राष्ट्रिय सभा उपाध्यक्ष पदमा नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनी र नेकपा एमालेकी विमला घिमिरेले उम्मेदवारी दर्ता गराएका राष्ट्रिय सभा सचिवालयले जनाएको छ । राष्ट्रिय सभा उपाध्यक्षकाे चुनाव भोलि हुनेछ ।

 

उम्मेदवारी दर्तापछि दुवै उम्मेदवारले राष्ट्रिय सभाको गरिमालाई अझ उचो बनाउन भूमिका निर्वाह गर्ने बताएका छन् । सत्ता गठबन्धनको समर्थन रहेकाले एमालेकी विमला घिमिरे सहज अवस्थामा देखिनुभएको छ । राष्ट्रिय सभामा अहिले ५८ सदस्य छन् । गठबन्धनमा सहभागी दलको ३७ मत छ ।

प्रतिकृया दिनुहोस

मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गर्ने सरकारको निर्णय

सरकारले मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गर्ने भएको छ । शुक्रवार सिंहदरबारमा मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारकी प्रवक्ता

'स्टार्टअप' व्यवसाय गर्न सहुलियत कर्जा दिइने

सरकारले आउँदाे आर्थिक वर्ष एक हजार जना युवालाई 'स्टार्टअप' व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा दिने भएको छ ।   सरकारको आउँदाे आर्थिक वर्षको

सुदूरपश्चिम प्रदेश सभा सदस्य भण्डारीले लिए शपथ

 १५ वैशाखमा भएको उपनिर्वाचनमा बझाङ-१ को (क) निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य दमन भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।   बिहीबार