सुदूरपश्चिम : जनक शिक्षाद्वारा पाठ्यपुस्तक वितरण सुरु

२०८० चैत १३ मंगलबार

जनक शिक्षा सामग्री केन्द्रले सुदूरपश्चिम प्रदेशमा शैक्षिक सामग्री बिक्री वितरण सुरु गरेको छ । 

 

सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीले मंगलबारदेखि सुदूरपश्चिमका नौ वटै जिल्लाहरूमा पाठ्य सामग्री बिक्री वितरण सुरु गरेको हो ।

 

प्रादेशिक कार्यालय धनगढी प्रमुख रामबहादुर कुँवरका अनुसार शैक्षिक सत्र २०८१ मा जिल्लागत रूपमा कक्षा १ देखि १२ सम्मको गरी जम्मा १९ लाख १५ हजार १८५ थान पाठ्य पुस्तक बिक्री गर्ने लक्ष्य राखिएको हो ।

 

जुन चालू शैक्षिक सत्र २०८० को भन्दा पौने दुई लाखले बढी रहेको कार्यालय प्रमुख कुँवरले जानकारी दिए । चालु शैक्षिक सत्रमा जनक शिक्षाले सुदूरपश्चिममा १७ लाख ४१ हजार पाठ्य पुस्तक वितरण गरेको हो । 

 

जनक शिक्षाले समयमै विद्यार्थीहरूको हातमा पुस्तक पुग्ने बताएको छ ।

प्रतिकृया दिनुहोस

बेलाैरी नगर प्रमुख चाैधरीकाे नेतृत्वमा प्रदेश मन्त्रीलाई ज्ञापन

बेलाैरी, कञ्चनपुर -   बेलाैरी नगर प्रमुख पाेतीलाल चाैधरीकाे नेतृत्वमा सुदूरपश्चिम प्रदेश भाैतिक पूर्वाधार विकास मन्त्री कैलाश चाैधरीलाई ज्ञापन

शैक्षिक विकृती रोक्ने सहमती नगरपालिकाले पालना गरेन : क्रान्तिकारी

कञ्चनपुर-   अखिल क्रान्तिकारीले सामुदायिक तथा निजी विद्यालयले विद्यार्थीबाट भर्नाका नाममा अशुलिरहेको चर्को शुल्क, पुस्तक परिर्वतन, युनफमदेखि

गायक रवि ओड प्रहरी नियन्त्रणमा

कञ्चनपुर-   वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसर्मपण गरेका छन् ।   कञ्चनपुरको कृष्णपुर नगरपालिकाका