सुदूरपश्चिम : जनक शिक्षाद्वारा पाठ्यपुस्तक वितरण सुरु
जनक शिक्षा सामग्री केन्द्रले सुदूरपश्चिम प्रदेशमा शैक्षिक सामग्री बिक्री वितरण सुरु गरेको छ ।
सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीले मंगलबारदेखि सुदूरपश्चिमका नौ वटै जिल्लाहरूमा पाठ्य सामग्री बिक्री वितरण सुरु गरेको हो ।
प्रादेशिक कार्यालय धनगढी प्रमुख रामबहादुर कुँवरका अनुसार शैक्षिक सत्र २०८१ मा जिल्लागत रूपमा कक्षा १ देखि १२ सम्मको गरी जम्मा १९ लाख १५ हजार १८५ थान पाठ्य पुस्तक बिक्री गर्ने लक्ष्य राखिएको हो ।
जुन चालू शैक्षिक सत्र २०८० को भन्दा पौने दुई लाखले बढी रहेको कार्यालय प्रमुख कुँवरले जानकारी दिए । चालु शैक्षिक सत्रमा जनक शिक्षाले सुदूरपश्चिममा १७ लाख ४१ हजार पाठ्य पुस्तक वितरण गरेको हो ।
जनक शिक्षाले समयमै विद्यार्थीहरूको हातमा पुस्तक पुग्ने बताएको छ ।
बेलाैरी नगर प्रमुख चाैधरीकाे नेतृत्वमा प्रदेश मन्त्रीलाई ज्ञापन
बेलाैरी, कञ्चनपुर - बेलाैरी नगर प्रमुख पाेतीलाल चाैधरीकाे नेतृत्वमा सुदूरपश्चिम प्रदेश भाैतिक पूर्वाधार विकास मन्त्री कैलाश चाैधरीलाई ज्ञापन
शैक्षिक विकृती रोक्ने सहमती नगरपालिकाले पालना गरेन : क्रान्तिकारी
कञ्चनपुर- अखिल क्रान्तिकारीले सामुदायिक तथा निजी विद्यालयले विद्यार्थीबाट भर्नाका नाममा अशुलिरहेको चर्को शुल्क, पुस्तक परिर्वतन, युनफमदेखि
गायक रवि ओड प्रहरी नियन्त्रणमा
कञ्चनपुर- वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसर्मपण गरेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका
प्रतिकृया दिनुहोस