कर्णाली पुलबाट हामफालेका युवा खोज्न सशस्त्रको गोताखोर परिचालन

२०८० चैत १३ मंगलबार

कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट नदीमा हाम फालेर बेपत्ता व्यक्ति खोज्न सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन भएको छ ।

 

नं. ७ वैद्यनाथ बाहिनी अत्तरिया कैलालीबाट सशस्त्र प्रहरी निरीक्षक (सई) को कमाण्डमा ७ जनाको गोताखोर टोली प्रहरी साढे २ बजे घटनास्थलमा परिचालन भएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्दं थापाले जानकारी दिए ।

 

सोमबार कर्णाली पुलमाथिबाट हाम फालेका १७ जनामध्ये स्थायी घर कञ्चनपुरको बेलौरी नगरपालिका १ वैशाखी, हाल लम्कीचुहा नगरपालिका–३ बस्दै आएका ३० वर्षीय लोकेन्द्र शाही अहिलेसम्म वेपत्ता छन् ।

 

इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरिराम डाँगीले शाहीको खोजी भइरहेको बताएका छन् । उनका अनुसार फोटा खिच्न भन्दै युवाहरुको समूह कर्णाली पुलमा पुगेको थियो । पछि उनीहरु नदीमा हाम फालेका थिए ।

प्रतिकृया दिनुहोस

सुदूरपश्चिमका तीन पालिकामा फोहर प्रशोधन केन्द्र बन्दै

कञ्चनपुर-   सुदूरपश्चिमका दुई जिल्लाका तीन पालिकामा फोहर व्यवस्थापनका लागि प्रशोधन केन्द्र निर्माणकार्य भइरहेका छन् ।    एसियाली विकास बैंक

किसानलाई उन्नत जातको बीउ वितरण

कञ्चनपुर-   उत्पादन वृद्धि गरी किसानको आयस्तर बढाउन शुक्लाफाँटा नगरपालिकाले एक सय ३० क्विन्टल उन्नत जातको धानको बीउ वितरण गरेको छ।    चालु

विद्यार्थी दिवस : क्रान्तिकारीद्वारा अनाथ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण 

कञ्चनपुर-   अखिल क्रान्तिकारीले कञ्चनपुरका अनाथ बालबालिका(विद्यार्थी)लाई शैक्षिक समाग्री सहयोग गरेको छ ।   विद्यार्थी दिवसको अवसर पारेर