सुरक्षित आवासका लागि पालिकाको अनुदान

२०८० चैत १० शनिबार

कञ्चनपुर– 

 

गरिबीको रेखामुनि रहेका परिवारलाई मर्यादित जीवन जिउनका लागि शुक्लाफाँटा नगरपालिकाले सुरक्षित आवास निर्माण गर्न अनुदान रकम उपलब्ध गराएको छ ।

 

पराल, खर, स्याउला र टायलका छाना भएका घरमा जस्तापाता राख्न सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत अनुदान प्रदान गरिएको हो । कार्यक्रम अन्तर्गत छाना फेर्न निवेदन दिएका दुई सय ५४ परिवारलाई अनुदानको रकम बैंक मार्फत उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ ।

 

पहिलो चरणमा प्रथम किस्तावापत एक सय ११ परिवार,  दोश्रो चरणमा ५५ परिवार र तेश्रो चरणमा ८८ परिवारलाई ३० हजारका दरले अनुदान रकम उपलब्ध गराइएको हो ।

 

छाना फेर्न अधिकतम ५० हजार दुई किस्ताका रुपमा उपलब्ध गराउने प्रावधान अनुसार पहिलो किस्ता वापत सो रकम प्रदान गरिएको हो ।

 

सहरी विकास विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीले कार्यक्रमअन्तर्गत छाना फेर्न निवेदन दिएकामध्येबाट पराल, खर, स्याउला, टायलको छानो भएकालाई आगो, पानी तथा हुरीबाट प्रभावित हुनसक्ने भएकाले अनुदानको व्यवस्था गरेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस

सुदूरपश्चिमका तीन पालिकामा फोहर प्रशोधन केन्द्र बन्दै

कञ्चनपुर-   सुदूरपश्चिमका दुई जिल्लाका तीन पालिकामा फोहर व्यवस्थापनका लागि प्रशोधन केन्द्र निर्माणकार्य भइरहेका छन् ।    एसियाली विकास बैंक

किसानलाई उन्नत जातको बीउ वितरण

कञ्चनपुर-   उत्पादन वृद्धि गरी किसानको आयस्तर बढाउन शुक्लाफाँटा नगरपालिकाले एक सय ३० क्विन्टल उन्नत जातको धानको बीउ वितरण गरेको छ।    चालु

विद्यार्थी दिवस : क्रान्तिकारीद्वारा अनाथ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण 

कञ्चनपुर-   अखिल क्रान्तिकारीले कञ्चनपुरका अनाथ बालबालिका(विद्यार्थी)लाई शैक्षिक समाग्री सहयोग गरेको छ ।   विद्यार्थी दिवसको अवसर पारेर