बेलौरी : लागूऔषधसहित दुई महिला पक्राउ
बेलौरी, कञ्चनपुर -
कञ्चनपुरबाट लागूऔषधसहित दुई महिला पक्राउ परेका छन् ।
जिल्लाको बेलौरी नगरपालिका–४ शान्तिपुरबाट ९२ ग्राम ७१ मिलिग्राम लागूऔषधसहित दुई महिलालाई प्रहरीले हिजो(बिहीवार) दिउँसो पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सोही ठाउँका ४८ वर्षीया प्रेमसागर कुमारी राना र २२ वर्षीया सिर्जना राना रहेका छन् । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले दुवै जनालाई लागूऔषधसहित पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
शैक्षिक विकृती रोक्ने सहमती नगरपालिकाले पालना गरेन : क्रान्तिकारी
कञ्चनपुर- अखिल क्रान्तिकारीले सामुदायिक तथा निजी विद्यालयले विद्यार्थीबाट भर्नाका नाममा अशुलिरहेको चर्को शुल्क, पुस्तक परिर्वतन, युनफमदेखि
गायक रवि ओड प्रहरी नियन्त्रणमा
कञ्चनपुर- वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसर्मपण गरेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका
विद्यालयमा न्यून रकमले धान्दै दिवा खाजा
कैलाली- कैलालीको एक विद्यालयमा कक्षा ५ मा अध्ययनरत छात्रा सम्झना परियार बिहान ७ बजे घरमा रोटी खाएर विद्यालय आउँछिन् । सम्झनाको आमा छैनन्, बुवा
प्रतिकृया दिनुहोस