‘हाइप्रोफाइल’ संलग्न मुद्दाको सुनुवाइ अनलाइबाट प्रत्यक्ष प्रसारण गरिने
विशेष अदालतले ‘हाइप्रोफाइल’ संलग्न मुद्दाको बहस अनलाइनबाट प्रत्यक्ष प्रसारण गर्ने भएको छ । अदालतलाई डिजिटाइजेसन गर्ने उद्देश्य अनुरूप जनचासो रहेका मुद्दाको बहस अनलाइनबाट प्रसारण गरिन लागेको हो ।
यसका लागि सर्वोच्च अदालतसँग अनुमति मागिएको विशेष अदालतका प्रवक्ता एवं उपरजिष्ट्रार धनबहादुर कार्कीले बताए । उनका अनुसार सबै काम योजना अनुरूप भए चैत महिनाभित्रै प्रत्यक्ष प्रसारणको काम सुरु हुनेछ ।
“हाइप्रोफाइल व्यक्तिहरू सम्मिलित मुद्दामा धेरैको चासो हुनाले सुनुवाइ हुँदा इजलास भरिभराउ हुने गरेको छ । अब के-कसरी गर्ने भनेर निश्चित भएपछि हामी बहस लाइभ गर्छौं । अहिले प्राविधिक तयारी गरिरहेका छौं,” उनले टेकपानासँग भने ।
सुनुवाइको प्रत्यक्ष प्रसारण गर्दा सर्वसाधारणलाई अदालती प्रक्रियाबारे जानकारी समेत हुने विश्वास गरिएको छ । विशेष अदालतले यसअघि बकपत्र भर्चुअल रूपमा हुने व्यवस्था गरिसकेको छ । अब त्यसलाई थप व्यवस्थित गर्ने र कानून व्यवसायीले घरबाटै बहस गर्न सक्नेजस्ता सुविधा थप्ने अदालतकाे योजना छ ।
आज अक्षय तृतीया
आज वैशाख शुक्ल तृतीया अर्थात अक्षय तृतीया, जौको सातु र सर्वत खाएर मनाइँदैछ । गर्मी बढ्ने समयमा शीतलता प्रदान गर्ने आहारको रुपमा जौको सातु र सर्वत पानी
आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन
आज मातातीर्थ औँसी । हरेक वर्ष वैशाख कृष्णपक्ष औँसीका दिन आमालाई सम्मान गरी आमाको मुख हेर्ने गरिन्छ । आज आमालाई मीठा खानेकुरा र उपहार दिई आशीर्वाद लिएर
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै छ । उच्च अदालत पाटनमा आजका लागि पेशी तोकिएको छ । यसअघि गत आइतबार अदालतले आज पहिलो
प्रतिकृया दिनुहोस