नेपाल र मलेसियाबीच आज मैत्रीपूर्ण फुटबल हुँदै

२०८० चैत २ शुक्रबार

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज मलेसियासँग उतैको मैदानमा मैत्रीपूर्ण फुटबल खेल्दैछ । नेपालले सन् २०२६ को विश्वकप छनोट खेलको तयारीका लागि मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो । मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली टोली बुधवार नै मलेसिया गइसकेको छ ।

 

नेपाली टोली मलेसियासँग मैत्रीपूर्ण खेल र केही अभ्यास खेलेपछि विश्वकप छनोट खेल्न बहराइन जाने एन्फाले जनाएको छ । नेपालले विश्वकप छनोट अन्तर्गत बहराइनसँगको दुवै खेल बहराइनमै खेल्नेछ ।

 

त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसार खेल्न योग्य नभएकोले नेपालले 'होम' र 'अबे' दुवै खेल बहराइनमा खेल्न लागेको एन्फाले जनाएको छ । नेपालले बहराइनसँग पहिलो खेल चैत ८ गते र दोस्रो खेल चैत १३ गते खेल्नेछ ।

 

विश्वकप छनोटअन्तर्गत एसियाको समूह ‘एच’ मा रहेको नेपालले यसअघिका दुई खेलमा हार व्यहोरेको छ । नेपाल पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) सँग ४–शून्य र दोस्रो खेलमा यमनसँग २–शून्य गोलले पराजित भएको थियो ।

प्रतिकृया दिनुहोस

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।    न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले

हिजाे हेर्दाहेर्दैमा रहेको मुद्दा आज सुनुवाइ हुँदै

काठमाडौं -   क्रिकेटर सन्दीप लामिछानेको मुद्दाकाे आज उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ ।   मुद्दाको मंगलबार न्यायाधीशद्वय सुदर्शनदेव भट्ट

आईपीएल क्रिकेटमा आज दिल्ली र लखनउ खेल्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्टस् खेल्दैछन् ।   यो खेल दिल्लीमा नेपाली समयअनुसार बेलुका पौने ८