बौद्धदर्शन मानव समुदायका लागि प्रेरणादायी छ : अध्यक्ष नेपाल

२०८१ जेठ १० बिहीबार

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विश्व शान्ति तथा मानव कल्याणका लागि बुद्धले प्रतिपादन गरेको अहिंसाको दर्शन मानव समुदायका लागि प्रेरणादायी भएको बताएका छन् । 

 

शान्तिका अग्रदूत गौतमबुद्धको २५६८औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना सन्देश निकालेर उनले बुद्धले प्रतिपादन गरेका अहिंसा, शान्ति, करुणा, मानव अधिकार र उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेका बताए । 

 

बौद्ध उपदेश, शिक्षा र मार्गदर्शनलाई  अवलम्बन गर्न  सकेमा  एकापसमा सद्भाव तथा सहिष्णुता कायम हुने विश्वास व्यक्त गर्दै अध्यक्ष नेपालले बुद्धका विचार अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । 

 

यसैबिच, उनले उभौली पर्वका अवसरमा सम्पूर्ण किरात समुदायको सुख शान्तिको कामना गर्दै शुभकामना व्यक्त गरेका छन् । 

प्रतिकृया दिनुहोस

क्युआर कोड स्क्यान गरेर गृहमन्त्रीलाई गुनासो गर्न सकिने

सेवाग्राहीले आफू बसेकै ठाउँबाट आफ्नो गुनासो अब  गृहमन्त्रीकहाँ गर्न पाउने भएका छन् । गृह मन्त्रालय मातहतका कार्यालयमा राखिने ‘क्युआर कोड’

दुई वर्षभित्र सोलारबाट १ हजार मेगावाट विद्युत् थपिन्छ : मन्त्री बस्नेत

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी दुई वर्षभित्र सोलारबाट १ हजार मेगावाट विद्युत् थप हुने बताएका छन् ।   बिहीबार

बजेटमाथिको सामान्य छलफल बुधबार सकिने

प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटमाथिको सामान्य छलफल बुधबार सकिने भएको छ ।   सामान्य छलफलमा उठेका विषय र प्रश्नहरूको जवाफ बुधबार नै