सुदूरपश्चिम : नागरिक उन्मुक्ति पार्टीकी टीका थापा कृषिमन्त्री नियुक्त

२०८१ बैशाख १९ बुधबार

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले नागरिक उन्मुक्ति पार्टीका सांसद टीका थापालाई मन्त्री नियुक्त गर्नुभएको छ ।

 

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएकी थापालाई प्रदेश प्रमुख नजिर मियाले आज पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

 

unn.prixa.net

 

यसअघि नागरिक उन्मुक्तिकै कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त गरिएको थियो । चौधरी र थापाकै कारण कांग्रेस नेतृत्वको सरकारका मुख्यमन्त्री कमलबहादुर शाह अल्पमतमा परेर राजीनामा दिनुभएको थियो ।

 

सत्ता साझेदार दल एमाले र माओवादी केन्द्रले भने अहिलेसम्म मन्त्री पठाएका छैनन् । मुख्यमन्त्री सोडारीले सत्ता साझेदार दलहरूसँग विश्वासको मत लिने सन्दर्भमा छलफल गरिरहेको बताउनुभएको छ ।

प्रतिकृया दिनुहोस

छाङरु र तिङ्करमा पोलियोविरुद्धको खोप अभियान सञ्चालन नहुने

दार्चुलाको व्याँस गाउँपालिकामा पर्ने छाङरु र तिङ्करमा पोलियोविरुद्धको खोप अभियान सञ्चालन नहुने भएको छ । सरकारले आउँदो आइतवार अर्थात् जेठ १३ गतेदेखि

बेलाैरी : उद्यम विकासद्वारा तीन महिने हाउस वाइरिङ्ग तालिम सम्पन्न 

चन्द्रिका चाैधरी / बेलाैरी, कञ्चनपुर -  साेमबार बेलाैरी नगरपालिका उद्यम विकास शाखाकाे आयोजनामा तीन महिने हाउस वाईरिङ्ग तालिम सम्पन्न भएको छ

सुदूरपश्चिम : ७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर

सुदूरपश्चिम प्रदेशमा अझै पनि ७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँचमा पुग्न सकेका छैनन । खानेपानी आयोजनाद्वारा निर्मित ‘फिल्टर’