कञ्चनपुर : विमानस्थल निर्माणमा सेनाको अवरोध हटाउन प्रधानमन्त्रीलाई ज्ञापन 

२०८१ बैशाख १८ मंगलबार

कञ्चनपुर

 
कञ्चनपुरको मझगाँउ विमानस्थल निर्माणमा नेपाली सेनाले अवरोध गरेर विमानस्थल निर्माणको कामकाज रोकिएको भन्दै स्थानीय सरोकारवाला निकाय सकृय भएका छन् । 


मंगलबार मझगाँउ विमानस्थल पुन: सञ्चालन समिति, बेदकोट नगरका निर्वतमान मेयर अशोक कुमार चन्द, कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशी सहित कञ्चनपुरका सरोकारवालाहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई ज्ञापन पत्र बुझाउँदै सेनाको अवरोध हटाउन माग अघि सारेका हुन् ।

 

मंगलबार मझगाँउ विमानस्थल पुन: सञ्चालन समितिका सचिव राजेन्द्र बहादुर चन्दले विमानस्थल निर्माणमा सरकारकै निकाय सेनाले अवरोध गरेर विकास निर्माणमा बाधा खडा गरेपछि प्रधानमन्त्री प्रचण्डलाई प्रत्यक्ष ध्यानाकर्षण गराएको बताए ।

 

यस अघि वनमन्त्री, रक्षामन्त्री सहितका सरोकारवालाई ज्ञापन पत्र बुझाईएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले बिमानस्थल सुचारुको माग अघि सारेर फेरी प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताएका छन् ।

 

डेलिगेशनमा संसद रेनु चन्द, सुप प्रदेशका पूर्वराज्यमन्त्री मान ब. सुनार, बेदकोट नगरका निर्वतमान मेयर अशोक कुमार चन्द सहितका सरोकारवालाको सहभागिता रहेको जनाइएको छ । 

 

प्रतिकृया दिनुहोस

छाङरु र तिङ्करमा पोलियोविरुद्धको खोप अभियान सञ्चालन नहुने

दार्चुलाको व्याँस गाउँपालिकामा पर्ने छाङरु र तिङ्करमा पोलियोविरुद्धको खोप अभियान सञ्चालन नहुने भएको छ । सरकारले आउँदो आइतवार अर्थात् जेठ १३ गतेदेखि

बेलाैरी : उद्यम विकासद्वारा तीन महिने हाउस वाइरिङ्ग तालिम सम्पन्न 

चन्द्रिका चाैधरी / बेलाैरी, कञ्चनपुर -  साेमबार बेलाैरी नगरपालिका उद्यम विकास शाखाकाे आयोजनामा तीन महिने हाउस वाईरिङ्ग तालिम सम्पन्न भएको छ

सुदूरपश्चिम : ७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर

सुदूरपश्चिम प्रदेशमा अझै पनि ७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँचमा पुग्न सकेका छैनन । खानेपानी आयोजनाद्वारा निर्मित ‘फिल्टर’