आईपीएल क्रिकेटमा आज दिल्ली र मुम्बई तथा लखनउ र राजस्थान खेल्दै

२०८१ बैशाख १५ शनिबार

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स खेल्दैछन् ।

 

यो खेल दिउँसो पौने ४ बजे दिल्लीमा शुरु हुनेछ । दिल्ली ९ खेलमा ८ अङ्कका साथ तालिकाको छैटाैँ र मुम्बई ८ खेलमा ६ अङ्कका साथ नवौँ स्थानमा छ ।

 

आजको दोस्रो खेलमा बेलुका पौने ८ बजे लखनउ सुपर जाइन्ट्स र शीर्ष स्थानको राजस्थान रोयल्स खेल्दैछन् । खेल लखनउमा हुनेछ । शीर्षस्थानको राजस्थान रोयल्सको ८ खेलमा १४ अङ्क छ । त्यस्तै समान ८ खेलमा लखनउ १० अङ्कका साथ चौथो स्थानमा छ ।

प्रतिकृया दिनुहोस

क्रिकेटर खड्का गृहजिल्ला बझाङमा सम्मानित

एसिया कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने क्रिकेटर सम्झना खड्कालाई गृहजिल्लामा सम्मान गरिएको छ । बझाङको जयपृथ्वी नगरपालिका–९, की

नेपालले आज ओमानसँग खेल्दै

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत नेपालले आज ओमानसँग खेल्दैछ । क्यानडाको किङ्ग सीटीमा हुने यो खेल नेपाली समयअनुसार आज

प्रिमियर लिग : आज आठवटा खेल हुँदै

इंग्लिस प्रिमियर लिग फुटबलमा आज आठवटा खेल हुँदैछन् । नेपाली समयअनुसार बेलुका सवा ५ बजे म्यानचेस्टर यूनाइटेड र साउथह्याम्पटन तथा पौने ८ बजे लिभरपुल र