विद्यार्थी भर्नामा लूट मच्चाएको भन्दै अखिल क्रान्तिकारीकाे ध्यानाकर्षण

२०८१ बैशाख १४ शुक्रबार
तस्बिर - जारी प्रेस विज्ञप्ति

कञ्चनपुर -

  
क्रान्तिकारी कम्युनिष्ट पार्टी(बैद्य) निकट अखिल क्रान्तिकारीले चालू शैक्षिक सत्र ०८१ मा विद्यार्थी भर्नाका नाममा सरकारी तथा निजी विद्यालयले अभिभावकको ढाड सेक्ने गरेर लूट मच्चाईरहेको आरोप लगाएको छ । 


चालू शैक्षिक सत्रमा सामुदायिक विद्यालयले लिन नमिल्ने भर्ना शुल्क घुमाउराे हिसाबले अशुलिरहेको र निजी विद्यालयलले चर्काे भर्ना फी, किताब परिर्वतन, युनिफम सहितका शैक्षिक सामग्री खरिदमा सिण्डिगेट गरेर लूट मच्चाईरहेको आरोप लगाएको हो । 


अखिल क्रान्तिकारी कञ्चनपुरले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै जिल्लाका निजी तथा सरकारी विद्यालयले भर्ना अभियानमा कमाउ धन्दा चलाईरहेको भन्दै विद्यार्थी अभिभावकलाई मर्का पार्ने कामबारे क्रान्तिकारीले गम्भिर चासो दिएको जनाइएको छ ।


क्रान्तिकारी कञ्चनपुरका संयोजक बिरेन्द्र नाथद्वारा हस्ताक्षरित प्रेस नोटमा अभिभावकलाई ऋणको भारी बोकाउने देखि विद्यार्थीलाई मर्कामा पार्ने काम गरेकाे भन्दै त्यस बिरुद्धमा क्रान्तिकारीले सशक्त आन्दोलनको चेतावनी दिएको छ ।  

 

 

प्रतिकृया दिनुहोस

ट्राफिक कारबाहीबाट चार करोड राजस्व सङ्कलन

सुदूरपश्चिम प्रदेशमा ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको १० महिनामा चार करोड १६ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । ट्राफिक प्रहरीले चालु आवको

कैलाली : हिउँदेबाली उत्पादनमा वृद्धि

 कैलाली-   कैलालीमा हिउँदेबाली उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र कैलालीका अनुसार गत वर्षको तुलनामा यस वर्ष गहुँ उत्पादनमा तीन दशमलव ४२

शुक्लाफाँटामा कृष्णसारको सङ्ख्यामा वृद्धि

कञ्चनपुर-   शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुरफाँटामा संरक्षित कृष्णसारको सङ्ख्यामा वृद्धि भएको छ।   बाह्य संरक्षण क्षेत्रबाट