कञ्चनपुर : परीक्षामा चिट चाेर्ने ४२ जना विद्यार्थी निष्कासित

२०८१ बैशाख १४ शुक्रबार
तस्बिर - परीक्षामा प्रयोग गरिएका माेवाइल

कञ्चनपुर -


शुक्रबारदेखि शुरु भएको कक्षा १२ को परीक्षामा सहभागी मध्ये कञ्चनपुरको एक परीक्षा केन्द्रबाट ४२ विद्यार्थी निष्कासित भएका छन् । 


राष्ट्रिय परीक्षा बोर्डले संचालन गरेको कक्षा १२ अग्रेजी विषयको परीक्षामा परीक्षा ऐन नियम विपरित कृयाकलाप गर्ने विद्यार्थीलाई निष्कासित गरिएको हो । 


भीमदत्त नगरपालिका ६ऐठपुर स्थित शान्ति निकेतन माध्यामिक विद्यालयको परीक्षा केन्द्रमा परीक्षा दिईरहेका विद्यार्थीलाई निष्कासन गरिएको जनाएको छ ।

 

शान्ति निकेतन परीक्षा केन्द्रका केन्द्राध्यक्ष पुष्पराज ओझाले परीक्षा हलभित्र विद्यार्थीले गैर कानुनी गतिबिधी मोवाईल ईलेक्ट्रोनिक डिभाईस प्रयोग गरेर चिट चोर्न लागेको अवस्थामा पहिलो परीक्षाबाट निष्कासन गरिएको बताए ।

 

केन्द्राध्यक्ष ओझाका अनुसार जिल्ला परीक्षा समन्वय समिति, जिल्ला प्रहरी कार्यालय सहितको संयुक्त टोलीले अनुगमनका क्रममा उक्त विद्यार्थीहरुले ईलेक्ट्रोनिक डिभाईस प्रयोग गरेर अनाधिकृत कृयाकलाप गर्न लागेको फेला पारेपछि निष्कासन गरिएको बताए ।

 

‘उनीहरुको पहिलो परीक्षामा निष्कासन मात्रै गरिएको हो, ‘केन्द्राध्यक्ष ओझाले भने, ‘बाँकी विषयका परीक्षा दिन पाउनेछन ।’ शान्ति निकेतनमा सिद्धानाथ अमर मावि गड्डाचौकी, बालजागृती, कञ्चन विद्या मन्दिर महेन्द्रनगरको विद्यार्थी परीक्षामा सहभागि भएका थिए ।

 

राष्ट्रिय परीक्षा बोर्ड, जिल्लाका सबै परीक्षा केन्द्रले पूर्ण मार्यादित भएर परीक्षा दिन आब्हान गरेको छ । कञ्चनपुरका २५ परीक्षा केन्द्रमा ९ हजार ६ सय ४५ विद्यार्थी परीक्षामा सहभागी भएका छन् । 

 

प्रतिकृया दिनुहोस

ट्राफिक कारबाहीबाट चार करोड राजस्व सङ्कलन

सुदूरपश्चिम प्रदेशमा ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको १० महिनामा चार करोड १६ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । ट्राफिक प्रहरीले चालु आवको

कैलाली : हिउँदेबाली उत्पादनमा वृद्धि

 कैलाली-   कैलालीमा हिउँदेबाली उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र कैलालीका अनुसार गत वर्षको तुलनामा यस वर्ष गहुँ उत्पादनमा तीन दशमलव ४२

शुक्लाफाँटामा कृष्णसारको सङ्ख्यामा वृद्धि

कञ्चनपुर-   शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुरफाँटामा संरक्षित कृष्णसारको सङ्ख्यामा वृद्धि भएको छ।   बाह्य संरक्षण क्षेत्रबाट