खैरो हेरोईनसहित दुई युवक पक्राउ

२०८१ बैशाख ११ मंगलबार

कञ्चनपुर-

 

कञ्चनपुरमा खैरो हेरोईनसहित २ युवक पक्राउ परेका छन् ।

 

भीमदत्त नगरपालिका-७ हल्दुखालबाट सोही ठाउँका २९ वर्षीय सन्तोष जाग्री र भीमदत्त-३ तिलकपुरबाट सोही ठाउँका २७ वर्षीय निराजन बोहरा पक्राउ परेका हुन् ।

 

जाग्रीको साथबाट ०.२७ ग्राम अवैध लागुऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ र बोहराको साथबाट ०.९४ ग्राम अवैध लागुऔषध खैरो हिरोइन सोमवार साँझ बरामद गरिएको प्रहरीले बताएको छ ।

 

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिकृया दिनुहोस

ट्राफिक कारबाहीबाट चार करोड राजस्व सङ्कलन

सुदूरपश्चिम प्रदेशमा ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको १० महिनामा चार करोड १६ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । ट्राफिक प्रहरीले चालु आवको

कैलाली : हिउँदेबाली उत्पादनमा वृद्धि

 कैलाली-   कैलालीमा हिउँदेबाली उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र कैलालीका अनुसार गत वर्षको तुलनामा यस वर्ष गहुँ उत्पादनमा तीन दशमलव ४२

शुक्लाफाँटामा कृष्णसारको सङ्ख्यामा वृद्धि

कञ्चनपुर-   शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुरफाँटामा संरक्षित कृष्णसारको सङ्ख्यामा वृद्धि भएको छ।   बाह्य संरक्षण क्षेत्रबाट