कञ्चनपुर : ट्र्याक्टरमा च्यापिएर चालकको मृत्यु
बेलौरी,कञ्चनपुर-
कञ्चनपुरको बेलौरीमा ट्र्याक्टर पल्टिँदा च्यापिएर चालकको मृत्यु भएको छ ।
बेलौरी नगरपालिका-५ मैनाहास्थित कलुवापुर बेलौरी सडकखण्डमा से २ त २२५४ नम्बरको पानी ट्याङ्की जडित ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको हो ।
शनिवार राति भएको सो दुर्घटनामा चालक लालझाडी गाउँपालिका-६ चान्देउ बस्ने अन्दाजी ३५ वर्षीय सुरेश चौधरीको ट्र्याक्टरमुनि च्यापिई घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । ट्र्याक्टर अनियन्त्रित भई सडक छेउमा पल्टिएको बताइएको छ ।
इलाका प्रहरी कार्यालय बेलौरीबाट प्रहरी टोली खटिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
बेलौरी : बालिका जबरजस्ती करणी गरेको आरोपमा वृद्ध पक्राउ
बेलौरी,कञ्चनपुर- कञ्चनपुरका एक बालिकामाथि जबरजस्तीकरणीमा बृद्ध पक्राउ परेका छन । १२ बर्षिया बालिका जबरजस्ती करणी आरोपमा बेलौरी ५
सुदूरपश्चिमका मुख्यमन्त्री साेडारीलाई विश्वासकाे मत प्राप्त
सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाउनुभएको छ । प्रदेश सभाको आजको बैठकमा मुख्यमन्त्री सोडारीले राखेको विश्वासको मतको
कञ्चनपुरमा सिकारीकाे हवाई फाइरिङ्ग ! माेटरसाइकल बरामद
कञ्चनपुर - कञ्चनपुरमा सिकारीले हवाई फाइरिङ्ग गरेकाे छ । बुधबार राति कृष्णपुर नगरपालिका-९ स्थित जानकी सामुदायिक वन क्षेत्रमा
प्रतिकृया दिनुहोस