माओवादी निकट क्रान्तिकारीद्वारा भर्ना शुल्क खारेजीको माग 

२०८१ बैशाख ७ शुक्रबार

कञ्चनपुर-


अखिल क्रान्तिकारीले चालु नयाँ शैक्षिक सत्र ०८१मा विद्यार्थी भर्नाका नाममा गैर कानुनी रुपमा विद्यार्थी भर्ना शुल्क बृद्धि नगर्न माग अघि सारेको छ ।

 

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी कञ्चनपुरले नयाँ शैक्षिक सत्रमा सामुदायिक विद्यालयले गैर कानुनी रुपमा विद्यार्थीबाट भर्ना शुल्क अशुलिरहेको र निजी विद्यालयले अभिभावकको ढाँटसेक्ने गरी शुल्क बृद्धि गरिरहेको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । 


बिहीबार क्रान्तिकारी कञ्चनपुरले एक प्रेस विज्ञप्ती जारी गर्दै जथाभावि शुल्क बृद्धि नगर्न निजी विद्यालय र विद्यार्थीबाट भर्ना शुल्क नलिन अपिल गरेको छ । क्रान्तिकारी कञ्चनपुरले बृद्धि गरिएको शुल्क खारेजी गर्नुपर्ने,पाठ्यपुस्तक परिर्वतन गर्न नहुने, पहुँचका भरमा छात्रबृति वितरण रोक्नुपर्ने, छात्रबृतिमा अनियमितता गर्न नहुने, यातायातमा अनियमित शुल्क लिने, गैर कानुनी रुपमा संचालनमा रहेका विद्यालय बन्द गर्नुपर्ने माग अघि सारेको छ ।

 

विद्यालयमा दिने दिवा खाजामा समेत अनियमितता भएको अभिभावकबाट गुनासो बढिरहेका बेला क्रान्तिकारीले त्यसतर्फ समेत ध्यानकर्षण भएको जनाएको छ ।

 

अखिल क्रान्तिकारी कञ्चनपुरका संयोजक भुवन सिह विष्टले हस्ताक्षर गरेको विज्ञप्तीमा विद्यार्थी भर्ना शुल्क, पाठ्यपुस्तक परिर्वतनदेखि शैक्षिक विकृती बिरुद्धमा क्रान्तिकारीले संघर्षको चेतावनी दिएको छ ।

 

सरकारले माध्यामिक शिक्षा निःशुल्क गरेपनि केही सामुदायिक विद्यालयले अनेकन बहानाबाजी गरेर भर्ना शुल्क लिएर अनियमितता गर्ने समेत क्रान्तिकारी दावि छ ।

 

No description available.

प्रतिकृया दिनुहोस

सुदूरपश्चिमका मुख्यमन्त्री साेडारीलाई विश्वासकाे मत प्राप्त

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाउनुभएको छ । प्रदेश सभाको आजको बैठकमा मुख्यमन्त्री सोडारीले राखेको विश्वासको मतको

कञ्चनपुरमा सिकारीकाे हवाई फाइरिङ्ग ! माेटरसाइकल बरामद

कञ्चनपुर -   कञ्चनपुरमा सिकारीले हवाई फाइरिङ्ग गरेकाे छ । बुधबार राति कृष्णपुर नगरपालिका-९ स्थित जानकी सामुदायिक वन क्षेत्रमा

कञ्चनपुर : आरक्ष पीडितकाे फेरि एकपटक अन्तिम डेलिगेशन

केशव थापा/ कञ्चनपुर - दुई दशक बढी समयदेखि पुर्नस्थापनाको पखाईमा रहेका कञ्चनपुरका आरक्षपीडित एक पटक फेरी न्यायका लागि संघीय सरकार समक्ष जाने भएका