बेलडाँडी : नेपाल शिक्षक संघ संगठनद्वारा आयाेगबाट सिफारिस शिक्षकलाई पदस्थापन गर्न माग

२०८१ बैशाख ४ मंगलबार

दिनेश चाैधरी / बेलडाँडी, कञ्चनपुर -

 

कञ्चनपुरका शिक्षक संघ संगठनहरुले शिक्षक सेवा आयोगबाट सिफारिस भइआएका शिक्षकलाई पदस्थापन गर्न माग अघि सारेका छन् ।

 

शिक्षक सेवा आयोगबाट सिफारिस भएका तीन शिक्षकलाई बेलडाँडी गाँउपालिकाले पदस्थापन गर्नुपर्ने माग अघि सारेका हुन् ।

 

No description available.

 

नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय संगठन, एकीकृत अखिल नेपाल शिक्षक संगठन, अखिल नेपाल शिक्षक संघ संगठनहरुले संयुक्तरूपमा शिक्षक सेवा आयोगबाट सिफारिस भई शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरले बेलडाँडी गाँउपालिका पठाएका शिक्षकको तत्काल पदस्थापन गर्नुपर्ने माग अघि सार्दै पालिकाकाे ध्यानाकर्षण गराएका छन् ।

No description available.

नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष बेद प्रकास उपाध्यायले शिक्षक सेवाआयोग उर्तिण गरेका तीन जना शिक्षकलाई बेलडाँडी गाँउपालिकाले फिर्ता गरेपछि सबै शिक्षक संघ संगठनहरु संघर्षमा उत्रिनु परेको बताए ।

 

उनले भने - "याे सरसर गाउँपालिकाकाे बेमानी हाे, रिक्त ठाउँमा लाेकसेवा पास गरेर आएका शिक्षकलाई हाजिर लाउन नदिएर फिर्ता पठाउनु कस्तो राजनीति हाे ! , संघर्षरत शिक्षकहरुले तत्काल पदस्थापन नगराए पालिकामा तालाबन्दी गर्ने सम्मकाे चेतावनी दिएका छन् ।

No description available.

भने, बेलडाँडी गाँउपालिकाले माग नभएको ठाउँमा शिक्षक पठाएको भन्दै आपत्ति जनाएको छ ।

 

No description available.

 

राैलेश्वर माविमा १ सिट र सिहपाल मा १ गरी २ स्थायी शिक्षक सिट रिक्त रहेकाे जनाइएको छ । यद्यपि साे ठाउँमा गाउँपालिकाले आफ्ना कार्यकर्ता भित्र्याउन खाेजिरहेकाे भन्दै न्यायका लागि शिक्षक संघर्षमा उत्रिएका हुन् ।

 

No description available.

प्रतिकृया दिनुहोस

सुदूरपश्चिमका मुख्यमन्त्री साेडारीलाई विश्वासकाे मत प्राप्त

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाउनुभएको छ । प्रदेश सभाको आजको बैठकमा मुख्यमन्त्री सोडारीले राखेको विश्वासको मतको

कञ्चनपुरमा सिकारीकाे हवाई फाइरिङ्ग ! माेटरसाइकल बरामद

कञ्चनपुर -   कञ्चनपुरमा सिकारीले हवाई फाइरिङ्ग गरेकाे छ । बुधबार राति कृष्णपुर नगरपालिका-९ स्थित जानकी सामुदायिक वन क्षेत्रमा

कञ्चनपुर : आरक्ष पीडितकाे फेरि एकपटक अन्तिम डेलिगेशन

केशव थापा/ कञ्चनपुर - दुई दशक बढी समयदेखि पुर्नस्थापनाको पखाईमा रहेका कञ्चनपुरका आरक्षपीडित एक पटक फेरी न्यायका लागि संघीय सरकार समक्ष जाने भएका