नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा
नेपाल ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को सेमिफाइनलमा पुगेको छ ।
सोमबार समूह ए को अर्को खेलमा कतारले मलेसियालाई ४ विकेटले हराएसँगै नेपालको सेमिफाइनल यात्रा पक्का बनेको हो । समूह ए बाट नेपालपछि अब साउदी अरेबिया मात्रै अब ६ अंकमा पुग्न सक्ने समीकरण हुँदा एक खेल अगावै सेमिफाइनलमा पुगेको हो ।
समूह ए मा नेपाल ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । नेपालले मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन र हङकङलाई ८ विकेटले हराएको थियो । नेपालले समूह चरणको अन्तिम खेल बुधबार साउदी अरेबियासँग खेल्ने छ ।
साउदी २ खेलमा १ मा जित र १ मा हारसहित २ अंकका साथ दोस्रो स्थानमा छ । साउदीले अब मंगलबार कतार र बुधबार नेपालसँग खेल्ने छ । दुवै खेलमा विजयी भएमा साउदी सोझै सेमिफाइनलमा पुग्नेछ । एक खेलमा पराजित भएमा भने अन्य टोलीको नतिजा र नेट रन रेटमा भर पर्नेछ ।
मलेसिया, कतार र हङकङको समान ३ खेलमा २-२ अंकका साथ क्रमश: तेस्रो, चौथो र पुछारमा छन् । अन्य चार टोलीको नै सेमिफाइनल खेल्ने समीकरण बाँकी छ । समूह बी मा ओमान र यूएईको सुरुवाती २ खेलमा ४–४ अंक छ ।
ओमान नेट रन रेटमा माथि रहँदै शीर्ष स्थानमा छ । ओमान र यूएईबीच आज खेल हुँदैछ । यी दुई टोलीबीचको खेलमा पराजित हुने टोलीसँग नेपालले सेमिफाइनल खेल्ने सम्भावना देखिन्छ । प्रतियोगिता विजेताले मात्रै टी २० एसिया कप खेल्नेछ । एसिया कप टी २० विश्वकपपछि हुनेछ ।
क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ
उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले
हिजाे हेर्दाहेर्दैमा रहेको मुद्दा आज सुनुवाइ हुँदै
काठमाडौं - क्रिकेटर सन्दीप लामिछानेको मुद्दाकाे आज उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ । मुद्दाको मंगलबार न्यायाधीशद्वय सुदर्शनदेव भट्ट
आईपीएल क्रिकेटमा आज दिल्ली र लखनउ खेल्दै
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्टस् खेल्दैछन् । यो खेल दिल्लीमा नेपाली समयअनुसार बेलुका पौने ८
प्रतिकृया दिनुहोस