नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्य चौधरी निलम्बित

२०८० चैत ३० शुक्रबार

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले प्रदेश सांसद घनश्याम चौधरीलाई तीन महिनाका लागि निलम्बन गरेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले पार्टी नियमविपरीत काम गरेको भन्दै चौधरीलाई निलम्बन गर्नुभएको हो । 

 

प्रदेश सभामुख भीमबहादुर भण्डारीलाई शुक्रबार लिखित जानकारी गराउँदै अध्यक्ष श्रेष्ठले चौधरी पार्टीको तीन वटा बैठकमा अनुपस्थित रहेको भन्दै कारवाही गरिएको बताउनुभएको छ । 

 

उहाँद्वारा प्रेषित पत्रमा भनिएको छ, “पार्टीले अति महत्वपूर्ण र गम्भीर विषयमा छलफल गरी निर्णय गर्नुपर्ने भनी पटक–पटक बोलाइएकोमा पार्टीलाई निराश गर्नेगरी बैठकमा उपस्थित नभएको र निजले पार्टी अध्यक्ष श्रेष्ठलाई पठाएको स्पष्टीकरणको जवाफ पनि चित्तबुझ्दो नभएकाले निजलाई ३ (तीन) महिनाका लागि निलम्बन गरिएको व्यहोरा जानकारी गराउँदछु ।”

 

अध्यक्ष श्रेष्ठले निज चौधरीलाई चैत १४, १५ र २५ गतेको बैठकमा बोलाइए पनि अनुपस्थित रहको प्रष्ट पार्नुभएको छ । सुदूरपश्चिम प्रदेशमा नाउपालाई मुख्यमन्त्रीको जिम्मेवारी आउन लागेका अध्यक्ष श्रेष्ठले सांसद चौधरीलाई कारवाही गर्नुभएको छ । सुदूरपश्चिममा नाउपाका ७ प्रदेश सभा सदस्य रहे पनि दुई जना कारवाहीमा परिसक्नुभएको छ । यसअघि इन्दिरा गिरीलाई पार्टीले पदबाट फिर्ता बोलाएको थियो ।  

 

प्रतिकृया दिनुहोस

शिक्षक चन्द हत्या प्रकरण : ढुङ्गा प्रहारगरी फरार भएका भण्डारी पक्राउ

चन्द्रिका चाैधरी / बेलाैरी,कञ्चनपुर -   बुधबार साँझ बेलाैरीमा पूर्व शिक्षक लच्छी चन्दकाे हत्या गरि फरार भएका अभियुक्त पक्राउ परेका छन्

सुदूरपश्चिम प्रदेश : मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने

कैलाली-   सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका छन् ।  आज बिहान १०ः३० बजे बस्ने सुदूरपश्चिम

बेलाैरी : पूर्व शिक्षक चन्दकाे ढुङ्गा प्रहारबाट मृत्यु, सिङ्गो बेलाैरी शाेकमा

चन्द्रिका चाैधरी/ बेलाैरी, कञ्चनपुर -   बुधबार साँझ कञ्चनपुरको पुरानाे सदरमुकाम बेलाैरीमा ढुङ्गा प्रहारबाट एक जनाको मृत्यु भएको छ ।   मृत्युु