नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्य चौधरी निलम्बित

२०८० चैत ३० शुक्रबार

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले प्रदेश सांसद घनश्याम चौधरीलाई तीन महिनाका लागि निलम्बन गरेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले पार्टी नियमविपरीत काम गरेको भन्दै चौधरीलाई निलम्बन गर्नुभएको हो । 

 

प्रदेश सभामुख भीमबहादुर भण्डारीलाई शुक्रबार लिखित जानकारी गराउँदै अध्यक्ष श्रेष्ठले चौधरी पार्टीको तीन वटा बैठकमा अनुपस्थित रहेको भन्दै कारवाही गरिएको बताउनुभएको छ । 

 

उहाँद्वारा प्रेषित पत्रमा भनिएको छ, “पार्टीले अति महत्वपूर्ण र गम्भीर विषयमा छलफल गरी निर्णय गर्नुपर्ने भनी पटक–पटक बोलाइएकोमा पार्टीलाई निराश गर्नेगरी बैठकमा उपस्थित नभएको र निजले पार्टी अध्यक्ष श्रेष्ठलाई पठाएको स्पष्टीकरणको जवाफ पनि चित्तबुझ्दो नभएकाले निजलाई ३ (तीन) महिनाका लागि निलम्बन गरिएको व्यहोरा जानकारी गराउँदछु ।”

 

अध्यक्ष श्रेष्ठले निज चौधरीलाई चैत १४, १५ र २५ गतेको बैठकमा बोलाइए पनि अनुपस्थित रहको प्रष्ट पार्नुभएको छ । सुदूरपश्चिम प्रदेशमा नाउपालाई मुख्यमन्त्रीको जिम्मेवारी आउन लागेका अध्यक्ष श्रेष्ठले सांसद चौधरीलाई कारवाही गर्नुभएको छ । सुदूरपश्चिममा नाउपाका ७ प्रदेश सभा सदस्य रहे पनि दुई जना कारवाहीमा परिसक्नुभएको छ । यसअघि इन्दिरा गिरीलाई पार्टीले पदबाट फिर्ता बोलाएको थियो ।  

 

प्रतिकृया दिनुहोस

सुदूरपश्चिमका मुख्यमन्त्री साेडारीलाई विश्वासकाे मत प्राप्त

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाउनुभएको छ । प्रदेश सभाको आजको बैठकमा मुख्यमन्त्री सोडारीले राखेको विश्वासको मतको

कञ्चनपुरमा सिकारीकाे हवाई फाइरिङ्ग ! माेटरसाइकल बरामद

कञ्चनपुर -   कञ्चनपुरमा सिकारीले हवाई फाइरिङ्ग गरेकाे छ । बुधबार राति कृष्णपुर नगरपालिका-९ स्थित जानकी सामुदायिक वन क्षेत्रमा

कञ्चनपुर : आरक्ष पीडितकाे फेरि एकपटक अन्तिम डेलिगेशन

केशव थापा/ कञ्चनपुर - दुई दशक बढी समयदेखि पुर्नस्थापनाको पखाईमा रहेका कञ्चनपुरका आरक्षपीडित एक पटक फेरी न्यायका लागि संघीय सरकार समक्ष जाने भएका