आईपीएल क्रिकेटमा लखनउ र दिल्ली खेल्दै

२०८० चैत ३० शुक्रबार

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज लखनउ सुपर जाइन्टस् र दिल्ली क्यापिटल्स खेल्दैछन् ।

 

लखनउमा हुने यो खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।

 

यो सिजनमा तेस्रो स्थानमा रहेको लखनउले अहिलेसम्म चार खेलमा तीन खेल जितेको छ भने एक खेलमा हार बेहोरेको छ । पुछारमा रहेको दिल्लीले अहिलेसम्म पाँच खेल खेलेकाेमा एक खेल जित्दा चार खेल हारेकाे छ ।

 

यी दुई टाेलीबीच अहिलेसम्म तीन खेल भएकाेमा सबैमा लखनउ विजयी भएकाे छ । लखनउ केएल राहुलको कप्तानीमा छ भने दिल्लीका लागि ऋषभ पन्त कप्तान रहेका छन् ।

प्रतिकृया दिनुहोस

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।    न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले

हिजाे हेर्दाहेर्दैमा रहेको मुद्दा आज सुनुवाइ हुँदै

काठमाडौं -   क्रिकेटर सन्दीप लामिछानेको मुद्दाकाे आज उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ ।   मुद्दाको मंगलबार न्यायाधीशद्वय सुदर्शनदेव भट्ट

आईपीएल क्रिकेटमा आज दिल्ली र लखनउ खेल्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्टस् खेल्दैछन् ।   यो खेल दिल्लीमा नेपाली समयअनुसार बेलुका पौने ८