एसईई परीक्षाको तयारी पूरा

२०८० चैत ७ बुधबार

राष्ट्रिय परीक्षा बोर्डले यही चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको जनाएको छ । यस वर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार ५७ वटा परीक्षा केन्द्र निर्धारण गरेको बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले जानकारी दिए ।

 

यस वर्ष देशभरबाट झन्डै पाँच लाख जना विद्यार्थी एसईईमा सहभागी हुनेछन् । परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र ७६ वटा जिल्लाका प्रहरी कार्यालयमा पठाइसकेको र काठमाण्डौ जिल्लामा परीक्षाको अघिल्लो दिन मात्रै पठाउने परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिएका छन् ।

 

नयाँ लेटर ग्रेडिङ निर्देशिका कार्यान्वयनमा आएकोले यस वर्षदेखि सबै बिषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अङ्क नल्याइकन कक्षा ११ मा भर्ना हुन पाइने छैन । प्रयोगात्मकतर्फ ४० प्रतिशत अङ्क ल्याउनैपर्छ । ३५ अङ्क ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने छन् ।

प्रतिकृया दिनुहोस

तिहारको तेस्रो दिन : कुकुर तिहार, लक्ष्मी पूजा पनि आजै

आज तिहारको तेस्रो दिन कुकुर तिहार र लक्ष्मीपूजा मनाईंदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका

तिहारमा कागको पूजा किन गरिन्छ ?

आज काग तिहार । घरघरमा कागको पूजा गरी मनाइँदै छ । कागलाई सन्देशवाहक पक्षीको रूपमा पूजा गर्ने चलन रहेको छ । काग करायो भने केही सन्देश या पाहुना आउने

धन्वन्तरी जयन्ती एवम् आरोग्यता दिवस आज मनाइँदै

हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवम् आरोग्यता दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । वन जङ्गलमा पाइने जडीबुटीमा